३ वर्षभित्रमा भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको आधुनिक प्रदर्शनीस्थल बन्छः अर्थमन्त्री पौडेल 

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले टुकुचादेखि पश्चिमका संरचना भत्काएर प्रदर्शनी स्थल बनाइने घोषणा गरेका छन्। अर्थमन्त्री पौडेलले बुधबार बिहान भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पोको उद्घाटन समारोहमा उक्त कुरा बताएका हुन् । ‘राजधानीमा प्रदर्शनी स्थल थिएन। भृकुटीमण्डपमा प्रदर्शनी स्थल बनाउने भनेर राखिएको हो। टुकुचादेखि पश्चिमका संरचना हट्ने छ। त्यहाँ आधुनिक प्रदर्शनी स्थल निर्माण हुनेछ’, उनले भने,…