काठमाडौं – सरकारले तोकेको इजाजत दस्तुर र रोयल्टी बुझाउन नसकेका क्यासिनोहरूमध्ये पाँच वटा क्यासिनोको बक्यौता रकम १ अर्ब रुपैयाँ नाघेको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार पाँचवटा क्यासिनोको बक्यौता १ अर्ब ७८ करोड ५१ लाख ४९ रुपैयाँ रहेको हो । क्यासिनो रोयल्टी तथा इजाजत नवीकरणसम्बन्धी क्यासिनो नियमावली, २०७० को चौथो संशोधन…