सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि अर्थमन्त्रालयद्वारा करिब १० अर्ब निकासा

काठमाडौं – सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि आज नौ अर्ब ८० करोड रुपैयाँ निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ । ‘चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा…