काठमाडौं - सरकारले सशस्त्र द्वन्द्वका घटनाहरूको छानबिन, राहत र परिपूरणका लागि कोष स्थापना गर्न एक अर्ब विनियोजन गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेकोबजेटमा उक्त कोष स्थापना गर्न एक अर्ब रूपैयाँ विनियोजन गरेको उल्लेख छ । ‘शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी…