काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गोरखा जिल्लाको स्थलगत अनुगमन भ्रमण गरेका छन्। आगामी फाल्गुण २१ गते हुन गैरहेको प्रतिनिधि सभाको निर्वाचनका सम्बन्धमा खनालले गोरखा जिल्लाको स्थलगत अनुगमन गरेका हुन्। जिल्लाको निवार्चन तयारी सम्बन्धमा अनुगमन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख जिल्ला अधिकारीसहित जिल्ला स्थिति तीनवटै सुरक्षा प्रमुखबाट निर्वाचन तयारी, सुरक्षा प्रवन्ध, आचारसंहिता पालनाको अवस्था…