नामको अघि माननीय राख्न मानेनन् अर्थमन्त्री खनालले, वेबसाइटमा अर्थमन्त्री डा. रामेश्वर खनाल

काठमाडौं - अर्थमन्त्रालयको वेबसाइटमा अर्थमन्त्रीको नाम अगाडि माननीय शब्द नराखीकन नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालको नाम लेखिएको छ । यस अगाडि अन्य मन्त्रालयमा झैँ लेखिदै आएको माननीय शब्द अर्थमन्त्री खनालको सर्तको पालना गर्दै नराखिएको हो । ‘जेनजी’ समूहको आन्दोलन र उत्पन्न परिस्थितिका बीच प्रधानमन्त्री सुशिला कार्की नेत्तृत्वको मन्त्रीमण्डल विस्तारसँगै मन्त्री बनेको पूर्व अर्थसचिव डा. खनालले…