काठमाडौं – पुँजीगत खर्च र राजस्वको अवस्था नाजुक, अर्थतन्त्रका आन्तरिक क्षेत्रमा दबाब र राजनैतिक खिचातानीमा अलमलिएको सरकारले अर्थतन्त्रमा कुनै उत्साह जगाउन नसक्दै २०८० साल सकिएको छ। पछिल्लो समय अर्थतन्त्रमा चरम शिथिलता देखिएको छ। आन्तरिक माग ठूलो मात्रामा घटेको छ । सरकारको राजस्व र पुँजीगत खर्च निराशाजनक छ। विगतको झैँ राजनीतिक अस्थिरता र सरकार फेरबदलले निरन्तरता पाउँदा…