मेवा बेचेर वार्षिक १८ लाख आम्दानी

रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक एक लाख ५० हजार आम्दानी गर्छन्। अनारमा भन्दा बढी मेवामा फाइदा हुने भएपछि आफू मेवा खेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताए। रामेछाप नगरपालिका–८ स्थित सुकाजोर खोला विगत २० वर्षदेखि मरुभूमिमा परिणत भएपछि उक्त बगरमा करिब पाँच सय मेवाका बोट…