काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लेखापाल व्यवसायमा ठूलो सम्भावना रहेको बताएका छन् । आज आयोजित अडिटर्स एसोसिएसन नेपाल (अडान)को १९औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले लेखापाल व्यवसायको क्षेत्रमा उल्लेख्य सम्भावना रहेको बताएका हुन् । गभर्नरअधिकारीले अहिले पनि धेरै व्यवसायको अडिट हुन नसकिरहेको बताउँदै लेखापाल व्यवसायीसँग पर्याप्त ज्ञान रहेको समेत उल्लेख गरे ।…