काठमाडौं – देशभित्र उत्पादित बिजुली तेस्रो मुलुक पुर्याउने रणनीतिक महत्त्वको सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिनेलगायत महत्त्वपूर्ण काम सरकारको एकसय दिनमा भएका छन् । ऊर्जा क्षेत्रलाई विशेष गरी आर्थिक समृद्धिको प्रमुख आधारमा रूपमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाएको छ। वर्तमान सरकार गठन भएको एकसय दिन पूरा भएको सन्दर्भमा मुलुकको ऊर्जा क्षेत्रमा देखिने गरी केही सकारात्मक…