बंगलादेशसँग विद्युत व्यापार सम्झौताः खेर गइरहेको बिजुलीबाट डलर, लगानीको नयाँ ढोका खुल्ने

काठमाडौं – नेपाल र बगलादेशबीच ४० मेगावाट विद्युत किनबेचको सम्झौतासँगै बिजुली किनबेचका लागि नयाँ ढोका खुलेको छ । उत्तरमा चीन र दक्षिणमा भारतबाट घेरिएको नेपालका लागि यो सम्झौतासँगै नयाँ सम्भावनाको ढोका खुलेको हो । नेपाल र बंगलादेश विगत ३/४ वर्षदेखि बिजुली किनबेचको सम्झौता गर्न लालायित थिए । तर, यी दुई मुलुकबीच आपसमा सिमाना जोडिएको छैन…