दुर्गा प्रसाईँलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – विद्युतीय कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ३ दिन हिरासतमा राख्न अनुमति मिलेको छ । अदालतले उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरिहेको छ । झापाका मेडिकल व्यवसायी प्रसाईँमाथि व्यवसायीलाई धम्क्याएर चन्दा असुलीको आरोप समेत लागेको…