पाँच जिल्लाका सात सय उद्योगको अनुगमन, ९ लाख बराबरको सामग्री नष्ट

काठमाडौं - खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले पाँच जिल्लामा अनुगमन कार्य गर्दै आएको छ । दमौलीमा रहेको कार्यालयले तनहुँसहित, लमजुङ, गोरखा, नवलपुर र मनाङमा नियमित रूपमा अनुगमन गर्दै आएको छ । उक्त कार्यालयले एक वर्षको अवधिमा पाँचवटा जिल्लाका ७६६ उद्योग, पसल तथा होटलको अनुगमन गरेको छ । पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले…