काठमाडौं –सांसदहरुले सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासका लागि नीति तथा कार्यक्रम सान्दर्भिक र समयसापेक्ष भएको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेका सम्बोधनमा उल्लिखित आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै सांसदहरुले राजनीतिक स्थायित्व र नीतिगत…