बुटवल - पहाडलाई तराईसँग जोड्ने सिद्धार्थ राजमार्गको जोखिमपूर्ण खण्ड सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरूङमार्गको काम तीव्र गतिमा भइरहेको छ । बाह्रै महिना ढुंगा/पहिरो झर्ने पाल्पाको तिनाउ गाउँपालिका–३ कुहिरेभिरमा बन्दै गरेको सिद्धबाबा सुरूङमार्गको १८ महिनामा झण्डै ५९ प्रतिशत भौतिक प्रगति भएको छ । यहाँ ४ माघ २०८० बाट मुख्य सुरूङमार्ग खन्न थालिएको थियो । सिद्धबाबा सुरुङमार्ग आयोजना…