काठमाडौं – नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंक विद्युतीय मुद्रा ‘सीबीडीसी’ प्रयोगमा ल्याउन यसको प्रोटोटाइप (नमुना प्रणाली) तयार पारेको छ । अब यही प्रोटोटाइप परिमार्जन गर्दै सीबीडीसीलाई सीमित विशेषतासहितको प्रारम्भिक संस्करणका रूपमा विकास गरिने राष्ट्र बैंकको सीबीडीसी महाशाखाका प्रमुख कृष्णराम धुँजूले जानकारी दिए । राष्ट्र बैंकले सीबीडीसीसम्बन्धी सरोकारवालासँगको छलफलमा धुँजूले सीबीडीसी प्रणालीको इन्टरफेस (डिजिटल आवरण) पहिलो पटक सार्वजनिक…