स्रोत नखुलेको २६ लाख ५० हजार नगदसहित चार जना पक्राउ

काठमाडौं – स्रोत नखुलेको २६ लाख ५० हजार रुपैयाँसहित काठमाडौंबाट चार जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका – ९ बत्तिसपुतलीस्थित श्री बालाजी इम्पोर्ट प्रालिबाट बुधबार चार जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उक्त प्रालिका सञ्चालक गुल्मीका ५२ वर्षीय भेषराज पाण्डे, भारको राजस्थान बस्ने ५२ वर्षीय बसन्तकुमार राठी, कमलपोखरी बस्ने ३५ वर्षीय प्रनिश थापा…