स्रोत नखुलेको २६ लाख ५० हजार नगदसहित चार जना पक्राउ


काठमाडौं – स्रोत नखुलेको २६ लाख ५० हजार रुपैयाँसहित काठमाडौंबाट चार जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका – ९ बत्तिसपुतलीस्थित श्री बालाजी इम्पोर्ट प्रालिबाट बुधबार चार जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा उक्त प्रालिका सञ्चालक गुल्मीका ५२ वर्षीय भेषराज पाण्डे, भारको राजस्थान बस्ने ५२ वर्षीय बसन्तकुमार राठी, कमलपोखरी बस्ने ३५ वर्षीय प्रनिश थापा र ५२ वर्षीय सुरेश अधिकारी रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले २६ लाख ५० हजार नगद, पाँच वटा मोबाइलसहित उनीहरूलाई पक्राउ गरेको हो ।