काठमाडौं- संयुक्तराज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ। यसले कम्प्याक्टको कूल बजेटलाई सात सय ४७ मिलियन अमेरिकी डलरसम्म पुर्याउने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ। यो कदमले अमेरिका र नेपालबीचको लगातार र सशक्त साझेदारीलाई प्रदर्शन गरेको छ। यसले नेपाली नागरिकहरूको जीवनस्तर…