प्रतिनिधिसभा सदस्य निर्वाचनः हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०४ क्षेत्रमा विजयी भएको छ। आज विहान १०ः५० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २१ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन्। निर्वाचन आयोगका अनुसार हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने तीन स्थानमा अगाडि रहेको छ। नेकपा…