काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्यमा भारी रकमको गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार ५ सय रुपैयाँले घटेको हो । यससँगै सुन तोलामा १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार…