काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपाली सेनाको निर्देशनअनुसार आवतजावत हुनेगरी सीमित कर्मचारीबाट आफ्ना सम्वेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ्ग तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्तो बताएको हो । अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोर्ट पहुँचमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुका साथै…