बिहीबार नेप्सेमा पहिरो गएपछि अर्थ मन्त्रालयले बनायो अध्ययन कार्यदल, ५ दिनभित्र रिपोर्ट दिने

काठमाडौं – जेनजी आन्दोलनपछि बिहीबार खुलेको शेयर बजार नेप्सेमा पहिरो गएपछि अर्थ मन्त्रालयले अध्ययन गर्न कार्यदल गठन गरेको छ। पुँजी बजारमा देखिएका समस्या र विसङ्गति अध्ययन गरी समाधानका लागि अर्थ मन्त्रालयले कार्यदल गठन गरेको हो। मन्त्रालयले जनाएको अनुसार कार्यदलले पाँच दिनभित्र लगानीकर्ताको मनोबल बढाउने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझावसहित ठोस कार्ययोजना पेस गर्नेछ। अर्थमन्त्रीस्तरको…