५० रुपैयाँ दरका नयाँ नोट छाप्न एक अर्ब ४७ करोडको ठेक्का, एउटा नोट छाप्न साढे ३ रुपैयाँ खर्च

काठमाडौं - नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइको ठेक्का चिनियाँ कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिण्टिङ कर्पोरेशनलाई दिएको छ । राष्ट्र बैंकले बुधबार यसको ठेक्का दिने आशय पत्र जारी गरेको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सो कम्पनीलाई ४२ करोड थान नेपाली रुपैयाँ ५० का दरका नोट डिजाइन,…