काठमाडौं – ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा नेपाल ट्रस्टको कार्यालय दरबारमार्ग काठमाडौंका तत्कालीन सहसचिव पदमा कार्यरत चितवन भरतपुर महानगरपालिका–१५ बस्ने ६६ वर्षीय लेख बहादुर कार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल ट्रस्टको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका–१…