अख्तियारको उपसचिव हुँ भन्दै धम्काउने राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी पक्राउ 

काठमाडौं – काठमाडौंको तारकेश्वर क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै किर्ते कागज प्रयोग गरी धम्काउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका ४ घर भई काठमाडौं तारकेश्वर नगरपालिका ७ फुटुङ बस्ने ३७ वर्षीय ऐभान बहादुर महरा रहेका छन्।  सर्वसाधारणलाई  धम्काउने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको…