लगानी बढ्न नसक्दा बैंकहरुमा अत्यधिक तरलता, ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं – बैंक तथा वित्तीय संस्थाबाट हुने लगानी बढ्न नसक्दा अत्यधिक तरलता थुप्रिएको छ । विगत दुई वर्षदेखि लगातार रुपमा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएर बसेको हो । बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज पुनः ५० अर्ब खिच्ने भएको छ । राष्ट्र बैंकले आज अर्थात् कात्तिक ३० गते ८४ दिनको लागि…