काठमाडौं – बैंकिङ्ग कसुरविरुद्धको मुद्दामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित ३ जना उच्च तहका कर्मचारी पक्राउ परेपछि लगानीकर्ता अन्योलमा परेका छन् । बैंकका लगानीकर्ता अन्यौलतामा डुबेसँगै बैंकको शेयर मूल्यमा आज सामान्य गिरावट आएको छ । लामो समयदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा थन्किएर बसेको फाइल खुलेपछि सीईओ शेरचन कार्यालयबाटै पक्राउ परेका थिए ।…