नयाँ सरकारले युवालाई देशमै राख्ने वातावरण बनाउनुपर्छ, विदेशबाट बाकसमा फर्कनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ’

काठमाडौं – मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएका समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार गरेकी छिन्। निर्वाचन हुने/नहुने भन्ने संशयकाबीच यही फागुन २१ गते शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएर मतपरिणाम सार्वजनिक भई नयाँ सरकारका गठनको तयारी सुरु भएका बेला प्रधानमन्त्री कार्कीमा एकप्रकारको सन्तोष मिलेको देखिन्छ। निर्वाचन गराउने दायित्व पूरा गर्दा भोग्नुपरेका…