भारतीय केन्द्रीय बैंकका गभर्नर दास नेपालमा

काठमाडौं – भारतको केन्द्रीय बैंक ‘रिजर्व बैंक अफ इन्डिया’ (आरबीआई)का गभर्नर शक्तिकान्त दास नेपाल आइपुगेका छन् । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक (एनआरबी)को निम्तोमा आरबीआईका गभर्नर दास नेपाल आइपुगेका हुन् । राष्ट्र बैंकले नेपालको पहिलो गभर्नर हिमालय शम्शेर जबराको स्मृतिमा ‘हिमालयन शम्शेर मेमोरियल लेक्चर सिरिज’ सुरु गर्दै छ। यही सिरिजको पहिलो संस्करणमा सहभागिता जनाउनका…