फेसबुकद्धारा भारतीय रिलायन्स जियोमा ५.७ अर्ब डलर लगानी

एजेन्सी, सामाजिक सञ्जाल फेसबुकले भारतको टेलिकम कम्पनी रिलायन्स जियोमा ५.७ अर्ब डलर लगानी गरेको छ। फेसबुकले जियोको ९.९९ प्रतिशत शेयर किन्नका लागि ५.७ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको हो। बुधबार शेयर खरीद सम्बन्धि उक्त सम्झौता भएको छ। विश्वभर कोरोनाको महामारी र लकडाउनको अवस्था चलिरहँदा सोसल मिडिया कम्पनी फेसबुकले भारतको टेलिकम कम्पनीमा सबैभन्दा धेरै लगानी…