काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई विस्तारिक कर्जा सुविधा (ईसीएफ)को ५औं समिक्षापछि ५ अर्ब ८३ करोड रुपैयाँ दिने भएको छ । आईएमएफले ईसीएफको समिक्षा गर्दै नेपाललाई ४ करोड १४ लाख अमेरिकी डलर दिने भएको हो । समिक्षामा कोषले ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) ले हालसालै नेपाललाई ‘ग्रे लिस्ट’मा राखेको विषयलाई समेत उठाएको छ ।…