वासिङ्टन – संयुक्तराज्य अमेरिकाको अर्थव्यवस्थामा करसम्बन्धी नयाँ निर्णयले केही ‘अस्थिरता’ ल्याउने भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई घरेलु उद्योगको विकासको एक उपकरणका रूपमा प्रस्तुत गरेका छन् । 'करहरू केवल अमेरिकी रोजगारीको संरक्षण मात्र होइन । यो हाम्रो देशको आत्माको संरक्षण हो', ट्रम्पले संयुक्त सदनलाई सम्बोधन गर्दै भने, 'केही अस्थिरता आउनेछ तर हामी त्यसका लागि तयार…