काठमाडाैं - संयुक्त राज्य अमेरिकाबाट निष्काशित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन् । 'आज, हामी १९९ जना स्वदेशीहरूलाई स्वागत गर्दैछौं,' उनले विमानस्थलमा बताए, 'हामी भेनेजुएलाका मानिसहरू जहाँ भए पनि स्वागत गर्न तयार छौं ।' प्रत्यक्ष फुटेजमा स्वेटसूट लगाएका युवाहरू राजधानी काराकास बाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखाइएको छ…