काठमाडौं – नेपाल बीमा प्राधिकरणले म्याद सकिएको ३ महिनाभित्र नविकरण नगरे अभिकर्ताको लाइसेन्स खारेज हुने व्यवस्था गरेको छ । प्राधिकरणले बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण सम्बन्धी निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न बीमा नियमावली, २०८१ बमोजिम एक वटा बीमालेखमा नघट्ने गरी कम्तीमा एक प्रतिशत बीमालेख…