हौसिएर बजेट बनाउने छुट सरकारलाई छैन:सांसद कार्की

बैंकिङ्ग समाचार,काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८० सिद्धान्त र प्राथमिकता विषयक छलफलमा बोल्दै यस्तो बताएका हुन् । सरकारले आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाई दिगो आर्थिक विकासको आधार तयार हुन नसक्ने…