बैंकिङ्ग समाचार, काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदन (डिडिए रिपोर्ट)का आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा…