काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । सो शेयर हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउने बैंकले जनाएको छ भने बिक्रीमा राखिएको शेयर संख्या भने खुलाएको छैन । शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौं कमलपोखरीमा रहेको बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्ने…