दाङ-लुम्बिनी सरकारले राजधानी क्षेत्रमा लगाइएको बैंकको ऋणको सीमा हटाएको छ । बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले पूर्ववर्ती सरकारले जग्गा धितो राखेर पाउने गरी तोकेको ऋणको सीमा हटाउने निर्णय गरेको हो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजधानी क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दै ऋणको सीमा हटाइएको जानकारी दिए । उनले जनताको सरकार जनताको पक्षमा काम गर्ने भन्दै जनताको समस्या…