काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुद्ध एयर प्रालिबीच समझदारी भएको छ। सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिनेबारे समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बुद्ध एयरमा १२ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । सो छुट बुद्ध एयरको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुनेछ…