मुक्तिनाथ मन्दिरमा प्रभु बैंकको भीम युपीआई सेवा शुभारम्भ

काठमाडौं - जिल्लाको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा आज एक विशेष समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भीम युपीआई सेवा शुभारम्भ गरिएको छ। उक्त सेवाको सुरुवातसँगै अब भारतका नागरिकहरूले आफ्नो बैंक खाताबाट भीम युपिआईमार्फत क्युआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्ने भएका छन्।…