प्रभु बैंकमा ३ बैंकिङ्ग कसुरमा सीआईबीको अनुसन्धानः करिब ९ अर्बको आर्थिक नोक्सानी भएको प्रारम्भिक निष्कर्ष

काठमाडौं - केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकसँग सम्बन्धित विभिन्न बैंकिङ्ग कसुर र आर्थिक अनियमितताका विषयमा अनुसन्धान अघि बढाएको छ। सीआईबीले हाल बैंकसँग जोडिएका तीन वटा गम्भीर बैंकिङ्ग कसुर माथि अनुसन्धान गरिरहेको जनाएको छ। यसअघि प्रभु म्यानेजमेन्टमाथि ठगीसम्बन्धी अनुसन्धानका क्रममा सीआईबीले प्रभु बैंकको कर्जा दुरुपयोगसँग सम्बन्धित महत्वपूर्ण कागजात फेला पारेको थियो। सोही अनुसन्धानको सिलसिलामा…