बैंकिङ्ग निक्षेप र कर्जा दुवैमा सामान्य गिरावट, अन्य सूचक कस्ता ? 

काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा सामान्य गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुष १० गते बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ६२ अर्ब निक्षेप संकलन भएको छ । अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ६३ अर्ब निक्षेप संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेप एकदिनमा १ अर्बले घटेको देखिन्छ । यस्तै, सो…