महालक्ष्मी विकास बैंकको सन्तुलित वित्तीय विवरण, लाभाशं वितरण क्षमतामा वृद्धि

काठमाडौं - महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१-८२ को चौथो त्रैमासको अन्त्य सम्म समग्र वित्तीय परिसुचकहरुमा सकारात्मक सुधार गर्दै सन्तुलित अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले हालै मात्र प्रकाशित गरेको आर्थिक वर्ष २०८१-८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ५०.०३ करोड रुपैयाँ पुगेको छ। यस वर्ष बैंकको लाभाशं वितरण क्षमतामा उल्लेख्य वृद्धि…