रेमिट्यान्स आप्रवाह १० प्रतिशतले बढ्यो, नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा विप्रेषण आप्रवाहमा (रेमिट्यान्स) १० प्रतिशतको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चैतसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति आधारित तथ्यांक सार्वजनिक गर्दै रेमिट्यान्स आप्रवाह १० प्रतिशतले बढेको जनाएको हो । समिक्षा अवधिमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही…