संस्थागत मुद्दती निक्षेपमा १ प्रतिशत ब्याजदर कम राख्नुपर्ने व्यवस्था खारेज

काठमाडौं – नेपाल राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपमा १ प्रतिशत ब्याजदर कम राख्नुपर्ने व्यवस्था खारेज गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत १ प्रतिशत ब्याजदर कम राख्नुपर्ने व्यवस्था खारेज गरेको हो । ‘बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले…