काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन् । यसअघिका प्रमुख कार्यकारी अधिकृतले स्वास्थ्यमा समस्याको कारण देखाउँदै राजीनामा दिएपछि रिक्त भएको पदमा पौडेल नियुक्त भएका हुन् । बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई भदौ १ गतेदेखि नै लागू हुने गरेर नियुक्त गरेको उपप्रबन्धक कृष्ण दवाडीले जानकारी…