नबिल बैंकको ८ वर्षे ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने 

काठमाडौं – नबिल बैंकले आज (साउन ६) गतेदेखि ८ वर्षे ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले  १ हजार रुपैयाँ अंकित मूल्यको दरमा ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो। जसमध्ये  बैंकले १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकीको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि खुला गर्नेछ ।…