काठमाडौं - सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे तापनि कर संकलन र राजस्व व्यवस्थापनका लागि कर कार्यालय तथा बैंकहरू आज खुला रहेका छन्। चैत मसान्त अर्थात् ‘क्वाटर एण्ड’ (त्रैमासिक अन्त्य) नजिकिएसँगै करदाताको सहजताका लागि अर्थ मन्त्रालयले यस्तो व्यवस्था गरेको हो। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार विशेषगरी आयकरको दोस्रो किस्ता बुझाउने समय चैत मसान्तसम्म…