मौद्रिक नीति: घर कर्जाको सीमा यथावत, हाउजिङ्गलाई दिने ऋणमा कडाइ

मौद्रिक नीति: घर कर्जाको सीमा यथावत, हाउजिङ्गलाई दिने ऋणमा कडाइ


बैकिङ्ग समाचार ।

नेपाल राष्ट्र बैंकले आवासीय घर कर्जालाई यथावत राखेको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै बैङ्कले आवासीय भवनको लागि बैंकबाट दिइने ऋणमा विगतकै व्यवस्था यथावत राखेको हो ।

पहिलो पटक घर बनाउनेको हकमा कर्जाको ऋण भुक्तानी अनुपात हालसम्म ६० प्रतिशतमै राखिएको छ । यसअघि फागुनसम्म यस्तो कर्जाको सीमा ५० प्रतिशत थियो । तर मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ६० प्रतिशत पुर्‍याइएको थियो ।

कोभिड-१९ले थलिएको अर्थतन्त्रलाई माथि उकास्न सरकारले घर कर्जालाई यथावत छाडेको हो । मध्यमवर्गीय परिवार र हाउजिङ व्यवसाय दुबै प्रभावित हुन नदिन राष्ट्र बैंकले यस्तो कर्जा सहज बनाएको हो ।

राष्ट्र बैंकले हाउजिङ्ग कम्पनीहरुको परियोजनालाई पनि ऋण दिने व्यवस्था कडा पारेको छ । महानगरपालिका, उपमहानगरपालिका र काठमाडौं महानगरपालिकासँग जोडिएका नगरपालिका क्षेत्रमा ऋण मूल्य अनुपात क्रमशः ४० प्रतिशत र बाहिर ५० प्रतिशत तोकिएको छ ।

सरकारले कही वर्षअघिदेखि नै रियल स्टेट सम्बद्ध व्यवसायमा प्रवाह हुने ऋणलाई कस्दै आएको छ ।

तर, यो वर्ष कोरोनाका महामारीले अर्थतन्त्रलाई गाँजेपछि विस्तारको बाटो खोल्ने गरी आवासी घरकर्जा लगायतलाई सहज बनाइएको छ । राष्ट्र बैंककको यो नीतिले काठमाडौं लगायतका शहरमा घरजग्गा व्यवसाय फास्टाउने अपेक्षा गरिएको छ ।